Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हकप्रद पछि नेशनल लाईफको मुल्य समायोजन

हकप्रद पछि नेशनल लाईफको मुल्य समायोजन

काठमाडौं, २२ असार । हकप्रद शेयर प्रयोजनका लागि नेशनल लाईफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरिएको छ । नेप्सले इन्स्योरेन्सको शेयर ७९६.६८ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार इन्स्योरेन्सको शेयर आधार मुल्य १३९२.४४ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सले ९९ करोड ३६ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x