Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

७ सय ५३ मध्ये १ सय ९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर

७ सय ५३ मध्ये १ सय ९७ स्थानीय तह अझै बैंकिङ पहुँच बाहिर

काठमाडौं, २८ असार । संघीय संरचना अनुसार गठित सात सय ५३ स्थानीय तह मध्ये अझै १ सय ९७ तहमा बैंकिङ पहँुच पुग्न सकेको छैन । एक वर्षअघि सरकारले प्रत्येक स्थानीय तहमा बाणिज्य बैंकको शाखा स्थापना गर्न निर्देशन दिएपनि ति स्थानीय तह भने अझै बैंकिङ पहुच भन्दा बाहिर छन् ।

नेपाल राष्ट्र बैंकले बुद्यबार सार्वजनीक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति अनुसार गत जेठ महिना सम्ममा ७ सय ५३ स्थानीय तह मध्ये ५ सय ५६ स्थानीय तहमा मात्र बाणिज्य बैंकको शाखा संचालनमा आएको छ । यस मध्ये दुई सय ९५ मा भने पहिले नै बैंकहरुको शाखा संचालनमा थियो । सरकारी निर्देशन पश्चात २ सय ६१ स्थानीय तहमा मात्र शाखा खुलेका छन् । राष्ट्र बैंकले आगामी वैशाख सम्ममा सबै तहमा बैंकिङ पहुच पुर्याउने बताएको छ । जस अनुसार स्थाननै तोकेर शाखा खोल्न बाणिज्य बैंकहरुलाई निर्देशन दिनुका साथै तोकिएको स्थानमा शाखा नखोले कारबाहीको चेतावनी समेत दिएको छ ।

हाल सम्म २८ वटा बाणिज्य बैंकहरुले २ हजार ९ सय १९ शाखा कार्यालय मार्फत वित्तिय सेवा दिदै आएका छन् । उत्ता, नेपाल बैंकर्स संघले भने सडक संजाल, विजुली र संचारको पहुच नपुगेको स्थानमा शाखा खोल्न नसक्ने भन्दै सरकारलाई ती अत्यावश्यक पूर्वाधारको विकास गर्न माग गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x