Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पाल्पा  बगनासकाली गाउँपालिकाले शुरु गर्यो शैक्षिक प्रमाण पत्र धितोमा ऋण प्रवाह

पाल्पा  बगनासकाली गाउँपालिकाले शुरु गर्यो शैक्षिक प्रमाण पत्र धितोमा ऋण प्रवाह

पाल्पा ३० असार । सरकारले आगमी आर्थिक बर्ष २०७५ । ०७६ मा शैक्षिक प्रमाणपत्र धितो राखेर बेरोजगार युवालाइ ऋण दिने ब्यवस्था गरेसगै नयाँ आर्थिक बर्ष सुरु नहुँदै पाल्पमा बेरोजार युवालाइ शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिन सुरु गरिएको छ ।

पाल्पा  बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो । बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख रुपैयाँ ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गाँउपालिकाले बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि एक लाख रुपैयाँ ऋण दिएको छ ।

त्यस्तै सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण दिएको छ । यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ ।

युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकमबाट ऋण उपलब्ध गराइएको गाँउपालिकाले जनाएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x