Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

व्यवसाय सीमाका आधारमा मूअकमा दर्ता गर्ने व्यवस्था गराउन व्यवसायीको सुझाव

व्यवसाय सीमाका आधारमा मूअकमा दर्ता गर्ने व्यवस्था गराउन व्यवसायीको सुझाव

काठमाडौ, ३२ असार ।  नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय सीमाका आधारमा मुल्य अभिवृद्धिकरमा मूअकरमा दर्ता गर्ने व्यवस्था गराउन अर्थ मन्त्री युवराज खतिवडालाई सुझाब दिएको छ । साना तथा मझौला उद्यमी व्यवसायीलाई मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता गर्ने व्यवस्थाबाट साना ब्यवसायी पलायनको अवस्था आउन सक्ने भन्दै ब्यासायमा सीमाका आधारमा मुल्य अभिवृद्धिकरमा दर्ता गर्ने ब्यवस्था गर्न सुझाब दिएको हो ।

शृङ्गार र सिलाइकटाइ जस्ता ससाना व्यवसायलाई अनिवार्य मूअकमा दर्ताको व्यवस्थाबाट यी पेशा व्यवसाय लोप भएर जाने परिस्थिति उत्पन्न भएकाले पुनःविचार गर्न अर्थमन्त्रीको ध्यान आकर्षण गराएको हो ।

घरेलु तथा साना उद्योग विभागअन्तर्गत सञ्चालित महिला उद्यमशीलता विकास कोषबाट लघु, घरेलु उद्योगका महिला उद्यमीलाई उद्यम व्यवसाय विकास तथा विस्तार गर्ने कार्यमा सहयोग पुग्दै आएको र कर्जाको मागसमेत वृद्धि भइरहेका सन्दर्भमा नयाँ बजेटले कोषको रकम कटौती गरेका तर्फ चिन्ता प्रकट गर्दै कोषको रकम वृद्धि गराउन समेत माग गरेका छन् ।

जवाफमा अर्थमन्त्री डा खतिवडाले महासंघबाट ससाना व्यवसायलाई अनिवार्य मूअकमा दर्ता हुने व्यवस्थामा पुनःविचार गर्न गरिएको आग्रहका सम्वन्धमा पुन विचार गर्न सकिने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x