Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

धौलागिरि अञ्चल अस्पताललाइ १६ लाख बराबरको समाग्री प्रदान

धौलागिरि अञ्चल अस्पताललाइ १६ लाख बराबरको समाग्री प्रदान

बागलुङ्ग २ साउन । इटालीको एक गैरसरकारी संस्थाले धौलागिरि अञ्चल अस्पताल, बागलुङलाई  रु १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरेको  छ ।

एएनटी को आर्थिक सहयोग, नेपालस्थित ‘डे वान हेल्थ’ र (एमटिटीएस) को सहकार्यमा लायन्स क्लब अफ बागलुङले ती सामग्री प्रदान गरेको हो ।  प्रसूति सेवालगायत विभिन्न उपचारमा प्रयोग हुने १८ प्रकारका सामग्री रहेको संस्थाद्धारा जारि विज्ञाप्तीमा जनाइएको छ ।

एक कार्यक्रमा बीच बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वास्थ्य सामग्री अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस बखत चिकित्सक राजभण्डारीले बिरामीलाई गुणस्तरीय सेवा दिन नयाँ उपकरण र सामग्रीले सघाउ पुग्ने धारणा राख्नुभयो । “स्तरीय र नयाँ प्रविधियुक्त सामग्री अस्पतालले पाएको छ,” उहाँले भन्नुभयो, “हामी यसको सही सदुपयोग र संरक्षण गर्छौं ।” उहाँले उपकरण भएर पनि समुचित प्रयोग नहुने अवस्था कतिपय स्वास्थ्य संस्थामा रहेको भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिनुभयो ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x