Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

निगमको नयाँ एयरबसलाई विमान सञ्चालन प्रमाणपत्र

निगमको नयाँ एयरबसलाई विमान सञ्चालन प्रमाणपत्र

काठमाडौ, १५साउन । नेपाल वायु सेवा निगमको पहिलो लामो दूरीको जहाज एयरबस ३३०–२०० अन्नपूर्ण नामको जहाजलाई नागरिक उड्ययन प्राधिकरणले विमान सञ्चालन प्रमाणपत्र दिएको छ । २७४ सीटको यो जहाज अगस्ट महिनाको पहिलो सातादेखि दोहा उड्ने बताइएको छ । निगमले पछिल्लो समय एएआर कर्पसँग एयरबसका दुई वाइडबडी जहाज भित्र्याएको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अब पाँच जहाज रहेका छन् । नयाँ दुई जहाज बाहेक एयरबस न्यारोबडी दुई र बोइङ ७५७ सञ्चालनमा छन् । निगमले विभिन्न ८ गन्तव्यहरुमा उडान भर्दै आएको छ ।

निगमले जहाज ल्याएको एक महिनापछि विमान सञ्चालन प्रमाणपत्र पाएको छ । एक महिनाको अन्तरालतमा निगमले अन्तर्राष्टिय उडान भर्न दुई जहाज ल्याएको छ । पछिल्लो जहाज गत बिहीबार र पहिलो जहाज अघिल्लो महिना नेपाल आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x