Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मुक्तिनाथ विकास बैंकको नगद फिर्ता गर्ने गरी आवास कर्जा योजना

मुक्तिनाथ विकास बैंकको नगद फिर्ता गर्ने गरी आवास कर्जा योजना

काठमाडौं, २१ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ आवास कर्जा” योजना सार्वजनिक गरेको छ । यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख देखि ५ करोड रुपैयाँ सम्मको कर्जा सुविधा लिन सक्नेछन् ।

नियमति रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् भने पहिलो १ वर्षको लागि निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि प्राप्त गर्ने बैंकले जनाएको छ । कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको छ । यसले नियमित तर न्यून आय भएका ग्राहकलाई समेत आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुने विश्वास बैंकको छ ।

यस कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x