Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालु आवमा देशको आर्थिक अवस्था सुधार आउने प्रधानमन्त्रीको भनाइ

चालु आवमा देशको आर्थिक अवस्था सुधार आउने प्रधानमन्त्रीको भनाइ

काठमाडौं,२६ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका  छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रदेश नं ५ का सांसदसँगको छलफलमा प्रधानमन्त्री ओलीले  वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउने बताएका हुन ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्दै ओलीले भने, नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने थियो “कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।”

छलफलमा सहभागी सांसदहरुले प्रदेश ५ मा विकास निर्माण, पछाडि परेका समुदायको उत्थान लगायत क्षेत्रमा सरकारको ध्यान जानुपर्ने आग्रह गर्नुभयो । साथै उनिहरुद्ये मन्त्रीको काम कारवाहीलाई प्रभावकारी बनाई सबै स्थानमा समान ढङ्गको विकास निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x