Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा “दिव्य” को आगमन

नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा “दिव्य” को आगमन

काभ्रे ३० साउन ।  नमोबुद्व न.पा. वडा नं.–०२ भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था संचालनमा आएको छ ।

सरल लघु बैंकिङ्ग” मूल नारा लिएको संस्थाको नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि श्री चिन्तामणि शिवाकोटीज्यूले उद्घाटन गर्नु भयो ।कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेन्चुरी कर्मसियल बैंक लि. का अध्यक्ष श्री राजेश श्रेष्ठ, नमोबूद्घ उद्योग बाणिज्य संघका अध्यक्ष वशु नारायण श्रेष्ठ लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री किरण बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियो भने उद्घाटन कार्यक्रम सञ्चालन संस्थाका कम्पनी सचिव श्री पुरुषोत्तम प्रसाद घिमिरेले गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष श्री जीवन भट्टराईज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा वहाँले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरु मार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलिक सहज हुने बताउनु भयो । कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४ साल कार्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७५ साल असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तिय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्ता पूँजी ७ करोड ७० लाख रहेको छ । चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाश विकास बैंक लि.को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक शेयर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x