Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

काठमाडौँ, ३० साउन ।पटक-पटकको स्षष्टिकरणपछि नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी पदमुक्ती भएकी छन् ।  पछिल्लो पटक उहाँले दिएको स्पष्टीकरण चित्तबुझदो नभएको भन्दै सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक  राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।सरकारले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x