Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

केएल मोबाइल मेलाको समय थपियो, ६ मोडलमा एउटा किन्दा अर्को सित्तैमा

केएल मोबाइल मेलाको समय थपियो, ६ मोडलमा एउटा किन्दा अर्को सित्तैमा

काठमाडौं, ६ भद्रौ । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरेको छ । मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको छ ।

के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ । मोबाइल मेला भदौ १६ गतेसम्म संचालन हुनेछ ।

मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध रहेका छन् ।
यसै गरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x