Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

७ सय ५३ स्थानीय तह मध्ये १ सय १६ स्थानीय तहमा मात्र बाणिज्य बैंक पुग्न बाँकी

७ सय ५३ स्थानीय तह मध्ये १ सय १६ स्थानीय तहमा मात्र बाणिज्य बैंक पुग्न बाँकी

काठमाडौं, ७ भद्रौ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार संघीय संरचना अनुसार गठित ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ३७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ ।

बाँकी १ सय १६ स्थानीय तहमा पनि अबको ३, ४ महिना भित्रमा नै शाखा विस्तार गरिसक्ने लक्ष्य राष्ट्र बैंकको छ ।तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश २ को १ सय ३६ स्थानीय तहमध्ये १ सय २३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।

त्यस्तै प्रदेश ६ मा सबैभन्दा कम शाखा पुगेको छ । उक्त प्रदेशको ७९ स्थानीय तहमध्ये ५६ स्थानीय तहमा मात्रै बैंकको शाखा कार्यलय पुगेको छ । यसका साथै प्रदेश १ मा १ सय ३७ स्थानीय तह मध्ये १ सय १५, प्रदेश ३ मा १ सय १९ स्थानीय तह मध्ये १सय ७ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ ।

प्रदेश ४ मा ८५ स्थानीय तह मध्ये ७४, प्रदेश ५ मा १ सय ९ स्थानीय तह मध्ये ९९ र ८८ स्थानीय तह रहेको प्रदेश ७ मा ६३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x