Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

भदौ १४ गते अढाई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

भदौ १४ गते अढाई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल बन्द

काठमाण्डौ, ११ भदौ, काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अगामी भदौ १४ गते बिहीबार विहान ८ बजेदेखि साढे १० बजेसम्म नियमित उडान  र अवतरण रोकिने भएको छ । उक्त दिन र समयमा विमानस्थलमा अति बिशिष्ट व्यक्तित्व बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधि सवार विमानहरु अवतरण गर्ने  भएकाले सो समयमा विमानस्थल सेवा अवरुद्ध हुने भएको हो ।

शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिको आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको र सो समयमा सर्वसाधारणले विमानस्थलमा प्रवेश नपाउने भएका छन् ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भीभीआईपीहरुको आगमन हुने भएकाले नियमित उडान रोक्न लागिएको जानकारी दिए ।  १४ र १५ गते त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x