Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तेश्रो मुलुकबाट आयातीत कार्गो सीधै वीरगन्ज, विशाखापट्नम बन्दरगाहमा भन्सार घोषणा गर्नुनपर्ने

तेश्रो मुलुकबाट आयातीत कार्गो सीधै वीरगन्ज, विशाखापट्नम बन्दरगाहमा भन्सार घोषणा गर्नुनपर्ने

काठमाडौं, १३ फागुन । तेश्रो मुलुकबाट आयातीत कार्गो विशाखापट्नम हुँदै तेश्रो मुलुकबाट विशाखापट्नम हुँदै बिना रोकटोक सीधै वीरगन्ज आउने भएको छ । यो व्यवस्थाको उद्घाटनका क्रममा ६१ कन्टेनर बोकेर रेल आज विशाखापट्नम बन्दरगाहबाट वीरगञ्जका लागि छुटेको छ । सिपिङ कम्पनी मक्र्सलाइन लगायतले मल्टि मोडल ट्रान्सपोर्ट प्रयोग गरी वीरगञ्जसम्म सीधै सामान आपूर्ति सुरु गरेको छ । यसका लागि भारतीय बन्दरगाहमा पानी जहाजबाट नेपालतर्फको कार्गो अनलोड हुने बित्तिकै इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमको माध्यमबाट रेलबाट सीधै वीरगन्ज पठाइन्छ । विद्युतीय कार्गो ट्रयाकिङ सिस्टमले कार्गो कन्टेनरलाई ट्रयाक गर्न सकिन्छ ।
यो प्रणाली लागू गरेसँगै यातायातको लागतमा अत्याधिक कमी आउनेछ भने नेपाली आयात तथा निर्यातकर्ताले भारतीय भन्सार एजेन्ट (सीएचए)मा भर पर्नुपर्ने छैन । आयातकर्ताले भारतमा भन्सार घोषणा गर्नुनपर्ने तथा आयातका लागि पारवहनमा देखाउनुपर्ने दस्तावेज पनि आवश्यक हुँदैन । यसले कलकत्ता बन्दरगाहको एकाधिकारको पनि अन्त्य गरेको छ ।
अहिलेको यो व्यवस्था परिक्षण चरणका लागि हो । एसियाली विकास बैंकको सहयोगमा सुरु गरिएको यो परियोजना लागू गर्न नेपाली र भारतीय अधिकारीहरुले लामो समयदेखि पहल गर्दै आएका छन् । विशाखापट्नमबाट सहज तरिकाले आयात निर्यात गर्न सकिने भएपछि यसले व्यापारीहरु उत्साही देखिएका छन् । सरकारले विशाखापट्नम बन्दरगाहमा लामो समयदेखि अड्केर बसेका कन्टेनर पनि यही माध्यमबाट पठाउन आग्रह गरेको छ । ट्रान्सेक्योर टेलिम्याटिक्स नामक कम्पनीले परिक्षण चरणका लागि इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमका लागि काम गरिरहेको छ । कार्गो कन्टेनरमा जडित इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमले कन्टेनरको सिल तोडीएको अलर्ट राखिनुका साथै ग्लोबल पोजिसनिङ सिस्टम पनि राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x