Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उपभोक्ता ठग्ने पसलहरु सिलबन्दीं

उपभोक्ता ठग्ने पसलहरु सिलबन्दीं

काठमाण्डौ, १९ भदौ । चाडपर्व नजिकिदै गर्दा आमउपभोक्ताको भान्सा महँगिदै जान थालेको छ । चाडपर्वको समय पारेर व्यपारीहरुले उपभोक्ताहरुलाई दैनिक भान्सामा उपभोग हुने खाद्य वस्तुहरुमा बिशेष गरि ठग्ने गरेको पाईएको छ । वाणिज्य, आपुर्ति तथाउपभोक्ता संरक्षण विभागले आईतबार र सोमबार काठमाण्डौका विभिन्न होटल, पार्टी प्यालेस, मासु पसलहरु र खाद्यतथाकिरानापसलहरुमा गरेको अनुगमनको क्रम यस्तो पाईएको हो ।

विभागले भदौ १७ र १८ गते काठमाण्डौको बानेश्वर, बत्तिसपुतली, टुकुचा, बालुवाटार, स्वयम्भु, बनस्थली लगाएतका विभिन्न स्थानहरुमा गरेको बजार अनुगमनको क्रममाव्यापारीहरुले म्याद नाघेका खाद्य वस्तुहरु बिक्री गरेको, वास्तविक मूल्य भएको स्टीगर माथी मुल्य बढाएर कृत्रिम स्टीगर टाँसेको, मुल्य सुची नराखी जथाभावी मुल्य बढाएको, मासुमा बिषादीको प्रयोग गरि बिक्री गरिएको, पशुपंक्षी काट्ने बधशाला अत्यन्त फोहोर भएको, लेवलिङ्ग नगरि ससेज तथा प्याकेजिङ्गको मासु बिक्री गरिएको साथै प्रमाणिकरण नगरिएका नापतौलको प्रयोग गरिएको र कामदारहरु र मासु पसलहरु अत्यन्त फोहोर भएको पाईएको थियो । 

विभागले अनुगमान गरेको व्यापारीक स्थानहरुमा म्याद नाघेकाखाद्य वस्तुहरु नष्ट र कारोबार रोक्का, नापतौल प्रमाणीकरण नगरिएका सामानहरु जफतगर्नुका साथै सोमबार र मंगलबारको अनुगमनको क्रममा अस्वाभिक रुपमा उपभोक्ताहरुको स्वास्थ्यमा नै असर गर्ने गरि ठग्ने पसलहरुमा सिलबन्दी गरेको छ । सिलबन्दी भएका पसलहरुमा बालुवाटार फ्रेस हाउस बालुवाटार, एच.बि.बि एण्ड बि. कोल्ड स्टोर टुकुचा रहेका छन् ।

हरेक बर्ष चाडपर्वको मौका छोप्दै बिभिन्न बाहनामा सानाखुद्रे देखी ठुला व्यापारी व्यवसायीहरुले आमउपभोक्ताहरुको ढाड सेक्ने गरि मुल्य वृद्धि गर्ने तथा खाद्य वस्तुहरुमा बिषदीको प्रयोग गर्ने र अखाद्य बस्तुहरु बिक्री गर्ने गर्दछन् । जसको प्रत्यक्ष असर उपभोक्ताहरुको दैनिक जीबनमा र स्वास्थ्यमा पर्ने गर्दछ । सरकार तथा सम्बन्धीतनिकायले बजार अनुगमन पनि गरिरहेको भएपनि अनुगमनको प्रभावकारीताभने करिब शुन्य नै रहेको पाईन्छ ।

सबैको स्वास्थ्यसँग जोडिएको बजार अनुगमनलाई चाडपर्वको समयमा मात्रै संचालन नगरी यसलाई सधै नै निरन्तरता दिन जरुरी रहेको छ । साथै सरकार तथा सम्बन्धीत निकायले प्रभावकारी रुपमा अनुगमन गरि दोषीलाई उचित कार्वाही गर्न पनि आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x