Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बढेको ४० प्रतिशत ज्याला लागू नभए प्रतिवाद गर्ने यूनिट्राभको चेतावनी

बढेको ४० प्रतिशत ज्याला लागू नभए प्रतिवाद गर्ने यूनिट्राभको चेतावनी

काठमाडौं, २४ भदौ । पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरुलाई शर्कुलर गरेको छ ।

यदि खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडलाई निर्देशन गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै यूनिट्राभले गाइडहरुको खाईपाई आएको ज्याला÷पारिश्रमिकमा ४० प्रतिशत वृद्धि गरी श्रमिकहरुलाई सोहि अनुरुप उपलब्ध गराउन पनि भनेको छ ।

यूनिट्राभले २०७४ माघ १२ गते पर्यटन संस्था नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) चार सुत्रीय माग राखी ज्ञापनपत्र बुझाएको त्यसको हालसम्म पनि सुनुवाई नभएकोमा आपति जनाउँदै उक्त शर्कुलर गरेको जनाएको छ । टुर गाइडको खाईपाई आएको ज्याला ४० प्रतिशत वृद्धि गर्नुपर्ने, फर्जि टुर गाइडको छानबिन हुनुपर्ने, दुर्घटना बीमा÷मेडिकल बीमा हुनुपर्ने, श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन लगायत विषयमा हालसम्म कुनै सुनुवाई नभएको भन्दै यूनिट्राभअन्तर्गतका श्रमिकहरु आक्रोशित छन् ।

त्यस्तै नेपाल सरकार पर्यटन विभागले पनि आधिकारिक ट्रेड यूनियन संगठनहरुसँग वार्ता नगरी गैर ट्रेड यूनियनसँग वार्ता र सम्वाद गरेकोमा संगठनको ध्यानाकर्षण भएको यूनिट्राभले जनाएको छ । ‘नेपाल सरकार पर्यटन विभाग, श्रम विभाग, नाट्टा लगायत सरोकार सबै पक्षसँग समस्या समाधानको पहल गर्न अनुरोध गरेपनि टुर गाइडको पक्षमा कुनै आवाज नउठाईएपछि बाध्य भएर असोज १ देखि टुर गाइडले खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धिको घोषणा गरिएको र सोहि अनुसार लिन टुर गाइडलाई आग्रह गर्दछौं । सोहि अनुसार दिन व्यवसायीलाई पनि आग्रह गर्दछौं ।

यदि उक्त रकम नबढाइएमा बाध्य भएर सबै टुर गाइडले प्रतिवाद गर्नेछन् र वृद्धि भएको रकम लिन र नपाए प्रतिवादका लागि तयार रहन टुर गाइडलाई निर्देशन गर्दछौं,’ यूनिट्राभद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x