Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पाँच वर्षमा मुक्तिनाथसम्म केबलकार

पाँच वर्षमा मुक्तिनाथसम्म केबलकार

काठमाडौं, २८ भदौ । अबको पाँच वर्षभित्र पोखरादेखि मुस्ताङको मुक्तिनाथसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच केवलकारको विस्तृत परियोजना (डीपीआर) अघि बढाउनेसम्बन्धमा सम्झौता भएको छ । पोखराको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ धामसम्म केवलकार पुर्याउने सम्बन्धमा डीपीआर बनाउने समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

आयोजनाको लागत करिब ३६ अर्ब रुपैँया अनुमान गरिएको छ । गत वैशाख महिनामा लगानी बोर्डको बैठकले वीरेठाँटीदेखि मुक्तिनाथ धामसम्म केवलकार लाइन विस्तार गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरेको थियो । सोही बैठकले मुक्तिनाथ दर्शन प्रालिबाट डीपीआर बनाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन समेत दिएको थियो । अबको १८ महिनामा कम्पनीले डीपीआर तयार गरी लगानी बोर्डसमक्ष पेश गर्नेछ र त्यसपछि निर्माण अनुमति लिएरमात्र निर्माणको कार्य अघि बढ्छ ।

वीरेठाँटीदेखि मुक्तिनाथसम्मको केवलकारको लम्बाई करिब ८४ किलोमिटर हुन आउाछ । यसबीचमा ६ ओटा स्टेशन राखिनेछ । वीरेठाँटी घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा, मार्फादेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा स्टेशन रहनेछन् । यस केवलकारले प्रतिघण्टा एक हजार सम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x