Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सफाइका लागि महानगरले युरो ४ मापदण्डका आधुनिक जेट सञ्चालनमा ल्यायो

सफाइका लागि महानगरले युरो ४ मापदण्डका आधुनिक जेट सञ्चालनमा ल्यायो

काठमाडौं ३० भदौ । सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ । १ सय ३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५हजार लिटर क्षमताका हुन् । ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट््याङ्की छन् । थुनिएको ढल तानेर सानो ट््याङ्कीमा राखिन्छ भने ठूलो ट््याङ्कीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ ।

यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन । हरेक बर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर जेट मेसिनहरु प्रयोगमा ल्याइएका हुन् । मेसिनमा रहेको हाइ प्रेसर पम्प र १ सय २० मिटरको जेटिङ् पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिन्छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ ।

काठमाडौंको शान्ति बाटिकाको सफाइमा पहिलो पटक प्रयोग गरिएका यी मेसिनले सञ्चालन शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौतिक सामाग्रीले मात्र सहरको सफाइ सम्भव नहुने बताउँदै, फोहोर व्यवस्थापनप्रति जिम्मेवारी वोध गर्ने हो भने, थोरै उपकरणले पनि सरसफाइलाई दिगो बनाउन सकिन्छ । होइन भने जति भौतिक सामाग्री भेला गरे पनि सफाइमा उपलब्धी पाउन नसकिने बताएका छन् । सरसफाइमा जत्तिकै रानीपोखरी पुननिर्माणको विषयमा सबैको ध्यान गएको छ । आउँदो १ बर्षभित्र यसको पुननिर्माण सिद्धिने गरी काम अघि बढाएका छौं । छिट्टै सकारात्मक परिणाम दिने मेयर शाक्यको भनाई छ ।

 

सोही क्रममा नयाँ जेट मेसिन प्रयोग गरेर विरुवा, सडक पेटी तथा सडक सफाइ गरिएको थियो ।
सरसफाइ दिवसको अवसरमा पारेर महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा सवै वडा क्षेत्रमा विशेष सरसफाइ गरिएको थियो । वडाध्यक्षको अगुवाईमा वडा क्षेत्रमा र केन्द्रको अगुवाईमा रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x