Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माथिल्लो तामाकोसीको सेयर दशैपछि बाँडफाँड

माथिल्लो तामाकोसीको सेयर दशैपछि बाँडफाँड

काठमाडौं, ३० भद्रौ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रभावितका लागि निष्कासन गरिएको सेयर दशैपछि बाँडफाँड गरिने भएको छ । स्थानीयवासीका लागि एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरका एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरिएकोमा करिब तीन अर्ब बराबरको आवेदन परेको जानकारी दिइएको छ ।

आयोजनाको साधारण सेयर कात्तिक अन्तिम सातासम्म आउने जनाइएको छ ।आयोजना प्रवद्र्धक माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख बराबरका एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

स्थानीयवासीले न्यूनतम् ३० देखि अधिकतम् ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x