Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मानव विकास सूचकांकमा सुधार भएपनि नेपाल सन् २०१६ भन्दा चार स्थान तल

मानव विकास सूचकांकमा सुधार भएपनि नेपाल सन् २०१६ भन्दा चार स्थान तल

काठमाडौं, ३१ भदौ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हरेक वर्ष प्रकाशन गर्दै आइरहेको मानव विकास प्रतिवेदनले सन् २०१७ मा नेपालको अवस्थामा सुधार आएपनि सन् २०१६ को तुलनामा चार स्थान तल आएको उल्लेख गरेको छ । सन् २०१७ मा कुल १८९ देशमध्ये नेपाल १४९औं स्थानमा छ । २०१६ मा नेपाल १४४औं स्थानमा थियो । यद्यपि नेपालको मानव विकास सूचकांक (ह्युमन डेभलपमेन्ट इन्डेक्स– एचडीआई) भ्यालुमा भने गत वर्षभन्दा सुधार देखिएको छ । नेपालको एचडीआइ मूल्य सन् २०१६ को ०.५५८ बाट ०.५७४ पुगेको छ । दक्षिण एसियाली देशहरु भारत, भुटान, बंगलादेश, पाकिस्तानसँगै मध्यम एचडीआई भ्यालु भएको देशमा सूचीकृत भएको छ ।
दक्षिण एसियाली देशहरुमा अफगानिस्तान सबैभन्दा कमजोर १६८ औं स्थानमा छ भने श्रीलंका र मालदिभ्स सबैभन्दा अगाडी क्रमशः ७६ र १०१औं स्थानमा छन् ।
मध्यम एचडीआई भ्यालु भएका दक्षिण एसियाली देशहरु भारत १३०औं, भुटान १३४औं, बंगलादेश १३६औं र पाकिस्तान १५०औं स्थानमा छन् । दक्षिण एसियाली देशहरुमध्ये सन् १९९० देखि २०१७ को बीचमा बंगलादेशको प्रगति अत्यन्त राम्रो देखिएको छ । एचडीआई भ्यालु ० देखि १ को बीचमा हुन्छ, यो बीचको उच्च अंकतिर भएका मुलुकको एचडीआई भ्यालु राम्रो र कम भएकाको नराम्रो भनेर बुझिन्छ । खासगरी औसत आयु, आय र विद्यार्थीको अध्ययन अवधिका आधारमा एचडीआई भ्यालु निकालिन्छ ।
सन् १९९० यता नेपालको सबै सूचकमा उल्लेख्य प्रगति देखिएको छ । सन् १९९० यता औसत आयु ५४.३ वर्षबाट ७०.६ वर्ष पुगेको छ । त्यस्तै, विद्यार्थीहरुको औसत अध्ययन वर्ष १२.२ रहेको छ । जसमा देशभर सबैले कम्तीमा पनि प्राथमिक तहको शिक्षाबाट कोही वञ्चित छैनन् भने कुल राष्ट्रिय आयका आधारमा प्रतिव्यक्ति आम्दानी १९९० को १,१६८ अमेरिकी डलरबाट बढेर २,४७१ अमेरिकी डलर पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x