आगामी बजेट १,२०० अर्ब रुपैयाँको

काठमाडौं, ७ वैशाख । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७५—७६ को लागि १,२०० अर्ब रुपैँयाको बजेट सिलिङ प्रस्ताव गरेको छ । सरकारले गत आर्थिक वर्षको भन्दा सानो आकारको बजेट निर्माण गर्न लागेको छ । स्थानीय निकायलाई हस्तान्तरण गरेको २२५ अर्ब रुपैँयामध्ये झण्डै सय अर्ब रुपैँया बजेट बचत हुने सरकारको अनुमान छ । कुल १,२०० […]

सन्राइज बैंकद्वारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

काठमाडौं,०६ बैशाख । सन्राइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । सोही योजना अन्तर्गत बैंकले भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च १२ हजार रुपैयाँ बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले हस्तान्तरण गरे । बैंकले ल्याएको उक्त बीमा […]

सुनको भाउ प्रतितोला ३ सयले बढ्यो

काठमाडौं, ६ बैशाख । आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सयले बढेर प्रतितोला ५९ हजार ३ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरि आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैंयाले वृद्धि भई ७ सय ८० रुपैयामा कारोवार भइरहेको […]

२ महिना भित्र काठमाडौंका सबै फुटपाथ पसल हटाउने तयारीमा महानगरपालिका

काठमाडौं, ६ बैशाख । पैदलयात्रु हिड्नका लागि निर्माण गरिएको काठमाण्डौको सडक पेटिमा साँझ र बिहानको समयमा गरिने फुटपाथ व्यापारका कारण सधै जसो भिडभाड र अस्तव्यस्त हुने गरेको छ । कानुनत यसरी सडक पेटीमा व्यापार गर्न नपाइने भएपनि प्रशासनको आँखा छलेर व्यापारीहरुले मनलाग्दी कतै ठेला, साइकल त कतै भुइमै पसल थापेर सामान बेचिरहेका हुन्छन् । यसरी […]

मिटरमा नहिड्ने ट्याक्सी धमाधम कारबाहीमा

काठमाडौं, ६ बैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाही तीव्र बनाएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो आएपछि कारबाहीलाई तीव्रता बनाएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको जानकारी दिए । पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा गर्ने […]