पौदी सेभ सोसाईटीद्वारा अर्घाखाँचीका तीन बालबालिकालाई एक लाख नगद सहयोग

काठमाडौं, ४ साउन । पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तीन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ । बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गए पछि विचल्लीमा परेका उनीहरुलाई सोसाईटीले सहयोग गरेको हो । बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण […]

आगामी अगष्ट ३० देखि नेपालमा हुने बिम्स्टेक सम्मेलको तयारी सुरु

काठमाडौं, ४ साउन । नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले आउँदो अगष्ट ३० देखि नेपालमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन हुने जानकारी दिएका छन् । साथै आगामी महिना हुने उक्त सम्मेलनको लागि तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी पनि परराष्ट्रमन्त्रीले दिए । अगष्ट ३० र ३१ मा राजधानी काठमाडौंमा उक्त […]

लघु उद्यमलाइ प्रोत्सहान गर्न राज्यको ध्यान पुगेन –उद्यमी

काठमाडौं, ४ साउन ।  लघु उद्यमीहरुले आर्थिक सम्वृद्धिका लागि लघु उद्यमको महत्वपूर्ण भूमिका रहेपनि उद्यमीको प्रोत्सहानका लागि राज्यले उपुक्त ध्यान दिन नसकेको गुनासो गरेका छन् । राजधानीमा आयोजित आर्थिक सम्वृद्धिका लागि लघु उद्यम राष्ट्रिय सम्मेलनमा पछि उनिहरुले राज्यले लघु उद्यमीको हितमा कार्यक्रम ल्याउनु पर्ने निश्कर्ष निकालेका हुन । नेपालमा १ लाख ३० हजार भन्दा बढी […]

तराईको समग्र विकासका लागि बृहत योजना – प्रधानमन्त्री

काठमाडौँ, ४ । साउन प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गरेका छन् ।  राजपाका नेताहरुसँग भएको भेटघाटमा प्रधानमन्त्री ओलीले तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन । सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई […]

प्रोत्साहन भत्ता खारेज भएसँगै १० बजे मात्र कार्यालय !

काठमाडौ, ४ ।  सरकारले साउन १ गते देखि  कर्मचारीलाइ दिदै आएको प्रोत्साहन प्रणाली  खारेज गरेको छ । गत मंगलबार बाट खारेज भएको यस प्रणालीसँगै ९ बजे कार्यालयमा आउने कर्मचारीहरु १० बजेबाट आउन सुरुगरेका छन् । बेलुका ५ बजे नै कार्यालय निस्किने गरेका छन् । यस अघि कर्मचारीले विहान र १ घण्टा वेलुका १ घण्टा गरि […]