सगरमाथा सहित २८ हिमालबाट रु ४१ करोड रोयल्टी संकलन

काठमाडौं जेठ १३ । यस वर्षको वसन्त ऋतुमा आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ । सगरमाथा आरोहणबाट मात्र रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।   ल्होत्से कञ्चनजङ्घा, धौलागिरी,आमाडब्लाम र मनास्लुबाट मानास्लु हिमालबाट रोयल्टि संकलन गरिएको पर्यटन विभागले […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३ बर्ष भित्र पुरा गरिने  

काठमाडौं, जेठ १२ । पर्यटन तथा नागरिक उड्डयन  मन्त्री रविन्द्र अधिकारीले आगामी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य आगामी ३ बर्ष भित्र पुरा गरिने बताउनु भएको छ । सरकार गठन भएको १ सय दिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन अन्तरगत भएका कामहरुबारे जानकारी दिँदै मन्त्री अधिकारीले ३ बर्ष भित्र पोखर क्षेत्रिय विमान स्थल निर्माणको कार्य सम्पन्न […]

त्रिशूली नदीमा ३०औं जलयात्रा उत्सव 

काठमाडौं, जेठ ११ । आगामी शनिबारबाट त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औं जलयात्रा उत्सव शुरु  हुने भएको छ । पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ नेपालमा साहसिक जलयात्रा र्याफटिङ्गको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागिएको हो । ‘नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग […]

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड

काठमाडौं, १० जेठ । नेपाली खानाको परिकारहरुको माध्यमबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एयरपोर्ट होटलले नेपाली खाना महोत्सव संचालनमा ल्याएको छ । नेपाली खानालाई अन्र्राष्ट्रिय बजारमा प्रबद्र्धन गरि मुलुकमा पर्यटनको आगमनलाई वृद्धि गर्न एयरपोर्ट होटलले सो महोत्सवको आयोजना गरेको होटलका प्रबन्ध निर्देशक विनायक शाहले बताएका छन् । यस नेपाली खाना महोत्सवको उद्घाटन नेपाल होटल संघका […]

शुक्रबार देखि श्रीलंकाली खाना महोत्सव

काठमाडौं, १० जेठ । आउँदो शुक्रबार देखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालस्थित श्रीलंकाली दूतावासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी खाना महोत्सवबारे जानकारी दिएको हो । खाना महोत्सवमा श्रीलंकाका प्रसिद्ध सेफ डा. पब्लीस सिल्भाकोसमेत सहभागिता रहने जनाइएको छ । ८ दिने खाना महोत्सवमा श्रीलंकाको खानाका परिकार, विशेषता एवं खानाकाबारेमा जानकारीसमेत लिनसकिने दूतावासले […]