नेपाल पर्वतारोहण प्रशिक्षक संघमा नयाँ नेतृत्व

काठमाडौं, २७ जेठ । नेपाल पर्वतारोहण प्रशिक्षक संघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष लाक्पा शेर्पा सहितका पदाधिकारीहरुले शनिवार पदभार ग्रहण गरेका हुन । नयाँ कार्यसमितिको उपाध्यक्षमा फुर्वानाम्गेल शेर्पा, महासचिव छिरिङ्ग पाण्डे भोटे, कोषाध्यक्ष फुटेम्वा शेर्पा र सदस्यहरुमा टेन्डी शेर्पा, लामा बाबु शेर्पा र नरेन शाही ठकुरी रहेका छन् । नवनिर्वाचित अध्यक्ष […]

धरहरा पुर्ननिर्माण ः असार ४ गते टेन्डर खोलिने, असार मसान्त नै सिलान्यास गर्ने तयारी

मानमती पाण्डेय, २४ जेठ । करिब ३ वर्ष अघि आएको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको पुर्ननिर्माणको लागि यही असार ४ गते टेन्डर खोलिने भएको छ । अहिले ई–टेन्डर बुझाउने क्रम चलिरहेको, नेपाल पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले जानकारी दिनुभयो । अहिले टेन्डर आह्वान गरिएको छ । निर्माण व्यवसायीले अहिले अनलाइन टेन्डर हालिरहनु भएको छ । […]

पर्यटन क्षेत्रमा लाग्ने सेवा शुल्क सम्बन्धी ट्रेड युनियनसंगको सम्झौता

काठमाडौं, २४ जेठ । पर्यटन क्षेत्रमा लिइदै गएको १० प्रतिशत सेवा शुल्क सम्बन्धमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरुसंग सम्झौता भएको छ । उक्त सम्झौतामा केहि संशोधन गरि पुनः सम्झौता गरिएको हो । पहिलेका सम्झौता अनुरुप पर्यटन क्षेत्रमा लाग्दै आएको १० प्रतिशत सेवा शुल्कबाट उठेको कुल रकम मध्ये ६८ प्रतिशत कार्यरत कर्मचारीहरुलाई, ३० प्रतिशत ट्रेड युनियनलाई र […]

दोस्रो हिमालयन ट्राभल मार्ट सुरु

काठमाडौं, १८ जेठ । नेपाल सहित हिमाली भेगको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आज देखि राजधानीमा दोस्रो हिमालयन ट्राभल मार्ट सुरु भएको छ । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टर लगायतका पर्यटकीय संघ संस्थाहरुको संयूक्त आयोजनमा संचालित मार्ट तीन दिन सम्म चल्ने छ । मार्टमा पर्यटन व्यवसायी, ट्राभल ब्लगर्स, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडिया, […]

होम स्टे संचालनबाट ३ करोड आम्दानी

काठमाडौं, जेठ १८ । नवलपरासीको कावासोतीमा सञ्चालित अमलटारी होम स्टेले गएको ४ वर्षको अवधिमा ३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । ‍ ५० हजार पर्यटकलाई होम स्टेमा पुगेका छन् । अमलटारी होम स्टेका व्यवस्थापक धनीराम गुरौलेकाका अनुसार होम स्टेमा आएका पर्यटकलाई सबैले आलोपालो गरी आतिथ्यता प्रदान गर्ने प्रचलन छ ।१८ वटा घरबाट सुरु भएको होम स्टे […]