मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

काठमाडौं, २८ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट […]

एनएफआरएस अनुसार कर लगाए बैंकिङ क्षेत्रलाई ८–९ अर्ब कर दायित्व थपिने, रिजर्भ फण्डबारे राष्ट्र बैंक मौन

काठमाडौं, २८ साउन । वाणिज्य बैंकहरुमा गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि नेपाल फाइनान्सियल रिपोर्टीङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू भएपछि यसअघि प्रकाशन हुने नियमित वित्तिय विवरणसँग नाफा, निक्षेप तथा ऋणमा केही अन्तर देखिएको छ । एनएफआरएसमा आधारित वित्तिय विवरणमा बैंकहरुको नाफा बढेको छ । यससँगै बैंकहरुमा केही संशय देखिएको छ । नेपाल राष्ट्र बैंकले एनएफआरएस र यसअघिको […]

जनता बैंकद्वारा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा सुरु

काठमाडौं, २४ साउन । जनता बैंक नेपाल लिमिटेडले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’ मार्फत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि विदेशमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्ज, बहराइन […]

एनआईसी एशिया बैंकको सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं, २४ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गाउँगाउँमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सबलीकरणको लागि गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामाशाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । यो बैंकको सत्रौं शाखा रहित बैंकिङ्ग सेवा हो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण […]

बैंकहरुले भारतीय रुपैँयामा ऋण लिन सक्ने व्यवस्था कार्यान्वयनमा आयो

काठमाडौं, २४ साउन । वाणिज्य बैंकहरुले भारतीय रुपैँयामा ऋण लिन सक्ने भएका छन् । मौद्रीक नीति २०७५–७६ ले भारतीय रुपैँयामा ऋण लिन सक्ने व्यवस्था घोषणा गरे अनुरुप विदेशी विनिमय व्यवस्थापन विभागले आज परिपत्र जारी गरी वाणिज्य बैंकहरुले भारतीय रुपैँयामा ऋण लिन सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले गत चैत्र महिनामा वाणिज्य बैंकहरुलाई परिवत्र्य विदेशी […]