मलेसियाका लागि भिसा प्रक्रिया पूरा गरिसकेका कामदारलाइ अन्तिम स्वीकृत दिइने  

काठमाडौं ७ साउन । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो । सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने […]

सिभिल बैंकको स्वतन्त्र संचालकमा भीमानन्द ढुंगाना

काठमाडौं, ३१ असार । सिभिल बैंकको असार २९ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा भीमानन्द ढुंगानालाई नियुक्त गरेको छ । बैंकले रिक्त रहेको उक्त पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा ३ बमोजिम ढुंगानालाई नियुक्त गरेको जानकारी दिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया

काठमाडौं, ३१ असार । सिद्धार्थ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको सदस्य एवं अध्यक्ष ताराचन्द केडियाले राजिनामा दिए पछि उक्त रिक्त पदमा रतन लाल केडियालाई नियुक्त गरिएको जनाइएको छ ।

दक्षिण कोरिया सरकारद्वारा श्रमिकको न्यूनतम तलव वृद्धि

काठमाडौ,३१ असार । दक्षिण कोरिया सरकारले श्रमिकको न्युनतम तलबमा झण्डै ११ प्रतिशतले बृद्धि गरेको छ । कोरियन सरकारले आगामी बर्ष अर्थात २०१९ देखि लागू हुने गरी श्रमिकको हालको तलवमा १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको हो । निर्णयसँगै  दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात […]

मजदुरको अडान मसिक १६ हजार ५ सय रुपैयाँ, उद्योगी भन्छन सकिदैन

काठमाडौ,२४ असार । सरकारले आगामी साउन १ गतेबाट मजदुरहरुको नयाँ तलवमान लागु गर्ने बताएपनि उद्यगीहरुले भने सरकार र मजदुरहरुले भने जस्तो तलब बढाउन सक्ने अवस्थामा आफुहरु नरहेको स्पष्ट पारेका छन् मजदुरहरुले न्युनतम तलव दोब्बर भन्दा अझ बढी बढाएर २० हजार पुर्याउनु पर्ने माग गरेका छन् .। यता सरकार पनि कम्तिमा १५ हजार भन्दा माथी हुनु […]