श्रम सम्झौता नभई सरकारले मलेसिया कामदार नपठाउने

काठमाडौं, ११ असार । सरकारले मलेसियासँग द्विपक्षीय श्रम सम्झौता नभई मलेसियामा कामदार नपठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया सरकारसँग श्रम सम्झौताका लागि सरकारले पत्राचार गरिरहेको र यससम्बन्धमा मलेसिया सरकार पनि सकारात्मक रहेको बताए । यद्यपि मलेसिया सरकारसँग द्विपक्षीय श्रम सम्झौताको तयारी लामो समयदेखि भइरहेको छ । परराष्ट्र मन्त्रालयमार्फत् […]

१९७ वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा

काठमाडौ, असार ७ ।  सरकारले वैदेशिक रोजगारका क्रममा कामदारहरुलाई समस्यामा परेका र नियमित नभएका झण्डै २ सयवटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने  १९७ कम्पनीको इजाजतपत्र खारेज गरेको हो । वैदेशिक रोजगारका क्रममा समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित […]

शिक्षक सेवा आयोगले गर्यो झण्डै १३ हजार शिक्षकको विज्ञापन

काठमाडौं,३ असार । शिक्षक सेवा आयोगले खुलातर्फ लागि झण्डै १३ हजार शिक्षक पदको विज्ञापन गरेको छ । आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १२ हजार ७ सय ३९ पदका विज्ञापन आब्हान गरेको हो । आयोगको सुचाना अनुशार  प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा […]

सुमन शर्माले सम्हाले माछापुच्छ्रे बैंक

काठमाडौं, २९ जेठ । विगत केहि समय देखी प्रमुख कार्यकारी अधिकृत बिहिन रहेको माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत पाएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरिएको छ । बैंकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जानकारी दिएको छ । शर्माले उक्त पद जेठ २८ गतेबाट सम्हालेका छन् ।

कतार जाने नेपाली कामदारको संख्या घट्दो

काठमाडौ,२५ जेठ ।  बैदेशिक रोजगारका लागि खाडी मुलुक कतार जाने नेपाली कामदारको संख्यामा कमि आएको छ । गएको एक वर्षमा त्यहाँ जाने नेपाली कामदारको सङ्ख्या झण्डै २० प्रतिशतले घटेको बैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । जसका कारण त्यहाँबाट भित्रिने विप्रेषण अर्थात् रेमिटेन्समा पनि कमी आएको राष्ट्रबैको पछिल्लो अर्थिक सर्वेक्षणले देखाएको छ । आतङ्कवादलाई सघाएको […]