Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री: सानाए ताकाइची निर्वाचित

जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्री: सानाए ताकाइची निर्वाचित

काठमाडाैं, ४ कार्तिक । जापानको संसदले मंगलबार कट्टर रूढिवादी नेता सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। वृद्ध पुरुषहरूको प्रभुत्व रहेको पितृसत्तात्मक जापानमा यो एक ऐतिहासिक क्षण मानिएको छ।

आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण अघि ताकाइचीले जिम्मेवारी सम्हालेकी हुन्। तर उनका गहिरा रूढिवादी विचारले पार्टीका मध्यमार्गी सदस्यहरूलाई चिन्तित बनाएको छ।

उदाहरणका लागि, उनले जापानको शान्तिवादी संविधान संशोधनको समर्थन गर्छिन् र दोस्रो विश्वयुद्धका युद्ध अपराधीहरूको नाम भएको विवादास्पद स्मारक भ्रमण गर्ने चलन छ। उनी समलिङ्गी विवाह र विवाहित जोडीलाई फरक थर प्रयोग गर्न दिने अभियानको विरोधमा छन्। चीनप्रतिको उनका कठोर दृष्टिकोणले क्षेत्रीय सम्बन्धहरू जटिल बनाउन सक्छ।

आर्थिक मोर्चामा, उनका ठूलो खर्च र कर कटौती गर्ने प्रस्तावले उच्च मुद्रास्फीति र जीवनयापनको लागतसँग जुधिरहेको जनता र अर्थशास्त्रीहरूलाई चिन्तित बनाएको छ। उनी संसद्का दुवै सदनबाट निर्वाचित भए पनि १२ करोड जापानी जनताको अपेक्षा पूरा गर्नु उनको चुनौती हुनेछ। प्रमुख चुनौतीहरूमा चामलको मूल्य नियन्त्रण, घट्दो जन्मदर, खुम्चँदो कार्यशक्ति र वृद्ध जनसंख्या रहेका छन्।

को हुन् सानाए ताकाइची?

सन् १९६१ मा नारा प्रिफेक्चरमा जन्मेकी ताकाइचीका बुबा कार्यालय सहयोगी र आमा प्रहरी अधिकृत थिइन्। उनी एक समय हेभी मेटल ड्रमरको रूपमा परिचित थिइन् र तीव्र ड्रमिङमा स्टिक भाँच्ने भएकाले प्रसिद्ध भइन्।

उनले सन् १९८० को दशकमा अमेरिका–जापान व्यापार द्वन्द्व चरमोत्कर्षमा पुगेको समयमा राजनीतिमा प्रवेश गरिन्। सन् १९९६ मा एलडीपीबाट संसदीय सिट जितेकी उनले १० पटक सांसदको रूपमा निर्वाचित भइन् र पार्टीको मुखर रूढिवादी आवाजका रूपमा ख्याति कमाएकी छिन्। दुई असफल प्रयासपछि उनी एलडीपीको नेता चुनिइन्, जसले उनको प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गर्‍यो।

तानाबान र विवादास्पद विचारहरूबीच पनि सानाए ताकाइचीको प्रधानमन्त्री पद जापानको राजनीतिक इतिहासमा नयाँ अध्यायको सुरुवातको संकेत बनेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *