Date

शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरु सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरु सजाइँदै

काठमाडाैं, ७ कार्तिक । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ ।

जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । जनकपुरधामको गंगासगर पोखरी, धनुष सागर, अरगज्जा पोखरी, रुकमिनि पोखरी, अग्निकुण्ड, ध्रुवकुण्ड, रत्नसागर, दशरथ तलाउलगायत पोखरीका घाटहरुमा सरसफाई गरिनुका साथै, टेन्ट लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।

चार दिन सम्म मनाइने छठ पर्व यस वर्ष शनिबार (भोली) देखि सुरु हुँदै छ । शनिबार ‘नहाय–खाय’ विधि गरिनेछ । ब्रतिले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन् ।

दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ भने तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । अन्तिम अर्थात चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएपछि चार दिने पर्व सम्पन्न हुन्छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *