Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

भिभो वाई ४०० सार्वजनिक: फ्ल्यागशिप सुविधा अब सुलभ मूल्यमा

भिभो वाई ४०० सार्वजनिक: फ्ल्यागशिप सुविधा अब सुलभ मूल्यमा

काठमाडाैं, १८ कार्तिक । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई–सिरिज अन्तर्गतको शक्तिशाली मोडेल भिभो वाई ४०० नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। शैली, प्रदर्शन र टिकाउपनको सन्तुलन खोज्ने प्रयोगकर्तालाई लक्षित यो मोडेललाई कम्पनीले “फ्ल्यागशिप अनुभव सुलभ मूल्यमा” भन्ने नारासहित प्रस्तुत गरेको हो।

डिजाइन र निर्माण

भिभो वाई ४०० आकर्षक दुई रङमा उपलब्ध छ — पर्ल व्हाइट र डायनामिक ग्रीन। ७.९ एमएम मेटालिक फ्रेम, पातलो बेजल र कुशन–कट डायमन्ड क्यामेरा डिजाइनले यसलाई प्रिमियम लुक दिएको छ। ३७% सम्म पातलो डिस्प्ले डिजाइनले यसको रूप र उपयोग सहज बनाएको कम्पनीले जनाएको छ।

डिस्प्ले र अडियो

६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्लेले जीवन्त रङ र स्पष्टता प्रदान गर्छ। डुअल स्टेरियो स्पिकरमार्फत ४००% सम्म ध्वनि वृद्धि गरी सिनेमाजस्तो अडियो अनुभव दिन्छ। एसजीएस आई–प्रोटेक्सन स्क्रिनले आँखाको सुरक्षा गर्छ भने इन–डिस्प्ले फिङ्गरप्रिन्ट अनलकले छिटो र सुरक्षित पहुँच सुनिश्चित गर्छ।

क्यामेरा र फोटोग्राफी

५० एमपी सोनी IMX852 मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा र २ एमपी बोके लेन्ससहित वाई ४०० उत्कृष्ट फोटोका लागि तयार गरिएको छ। अण्डरवाटर फोटोग्राफी, एआई इरेज २.०, एआई फोटो इन्ह्यान्स र लाइभ फोटो जस्ता फिचरहरूले तस्वीरहरू अझ आकर्षक बनाउँछन्।

टिकाउपन र सुरक्षा

आईपी६८/६९ प्रमाणित वाई ४०० धुलो र पानी प्रतिरोधी छ, जसले २ मिटर गहिरो पानीमा ३० मिनेटसम्म सुरक्षित रहन्छ। वेट–ह्याण्ड टच अल्गोरिदमले भिजेका हातले पनि सहज प्रयोग गर्न मद्दत गर्छ। साथै, एयर स्प्रिङ टेक्नोलोजी ड्रप रेजिस्टेन्ट केसले फोनलाई झर्ने वा ठोक्किने जोखिमबाट जोगाउँछ।

ब्याट्री र चार्जिङ

६००० एमएएच ब्लू–भोल्ट ब्याट्रीले ६१ घण्टा संगीत, ४ घण्टा भिडियो स्ट्रिमिङ र २ घण्टा गेमिङको शक्ति दिन्छ। ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजीले १% बाट ५०% चार्जमा पुग्न ३० मिनेट मात्र लिन्छ। स्मार्ट चार्जिङ इन्जिन २.० र २४–डाइमेन्सन सेफ्टी मोनिटरिङले चार्जिङलाई सुरक्षित बनाउँछ।

प्रोसेसर र प्रदर्शन

स्न्यापड्रैगन ६८५ (६एनएम) प्रोसेसरद्वारा सञ्चालित यस फोनमा २५६ जिबी स्टोरेज र ८ जिबी एक्सटेन्डेड ¥याम छ। भिभोको ५० मन्थ स्मूथ एक्सपेरियन्स फिचरले लामो समयसम्म पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ।

एआई र कनेक्टिभिटी

एआई नोट्स, एआई रेकर्डर, एआई डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्चजस्ता फिचरहरूले प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउँछन्। लिंक टु विन्डोज फिचरले फोनलाई कम्प्युटरसँग जोड्न सजिलो बनाउँछ।

मूल्य र उपलब्धता

डिजाइन, प्रदर्शन र टिकाउपनको उत्कृष्ट संयोजनसहितको भिभो वाई ४०० रु. ३६,९९९ मा अहिले देशभरका भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा उपलब्ध छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *