Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

राष्ट्रपति पौडेल कतारमा दोस्रो सामाजिक विकास विश्व शिखर सम्मेलनमा सम्बोधन गर्दै

राष्ट्रपति पौडेल कतारमा दोस्रो सामाजिक विकास विश्व शिखर सम्मेलनमा सम्बोधन गर्दै

काठमाडाैं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको दोहामा जारी दोस्रो सामाजिक विकास विश्व शिखर सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दैछन्।

परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार राष्ट्रपति पौडेल सोमबार कतार पुगेका थिए र सम्मेलनमा नेपालको १२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गर्ने तयारीमा छन्। सम्मेलनमा कतारका अमिर शेख तामीम बिन हमाद अल थानीको निमन्त्रणामा नेपाल सहभागी भएको हो।

मंगलबारबाट सुरु भएको सम्मेलन बिहीवारसम्म सञ्चालन हुनेछ। संयुक्त राष्ट्र महासभाको प्रस्ताव अनुसार आयोजना गरिएको यो शिखर सम्मेलन सबै सदस्य राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

संबोधनपछि राष्ट्रपति पौडेल कतारका अमिर, संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेस लगायतका उच्च अधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *