श्रीलंकामा सुरु हुँदैछ काभा यू–१९ महिला भलिबल प्रतियोगिता
			काठमाडाैं, १८ कार्तिक । श्रीलंकाको कोलम्बोस्थित सुगतदासा स्पोर्ट्स कम्प्लेक्समा आजदेखि काभा यू–१९ महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ।
यस क्षेत्रीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, माल्दिभ्स र श्रीलंका गरी चार देशका टिम सहभागी छन्। उद्घाटन खेल आज (मंगलबार) दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएका छन्।
प्रतियोगिताका सबै खेलहरू काभाको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण गरिनेछ। नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दावेदारका रूपमा अघि बढ्ने लक्ष्य लिएको छ।



