दशैका लागि अग्रिम टिकट बुकिङ : मूल्य बृद्धिको अत्तो थाप्दै व्यवसायी
काठमाडौं, ४ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । महासंघले विज्ञप्ती जारी गरि चाडवाड सुरु हुनु अघि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।
चाडपर्व नजिकिएकाले यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति गरेपनि तर ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न नसक्ने चेतावनी पनि दिएका छन् ।
गत भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासंघबीचको बैठकले असोज ५ गते देखि दशैका लागि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।