Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

तीन महिनामै शिवम सिमेन्टको डेढ अर्ब व्यापार, नाफामा ऐतिहासिक उछाल

तीन महिनामै शिवम सिमेन्टको डेढ अर्ब व्यापार, नाफामा ऐतिहासिक उछाल

काठमाडाैं, ३० कार्तिक । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमै उल्लेखनीय व्यापार र नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले तीन महिनामा १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार गर्दै करिब ९.०३ प्रतिशत वृद्धि दर्ता गराएको छ। गत वर्ष सोही अवधिमा कम्पनीको व्यापार १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ थियो।

व्यापारमा आएको यो विस्तारसँगै शिवम सिमेन्टको नाफा आसमानिएको छ। गत आवको पहिलो त्रैमासमा १ करोड २७ लाख रुपैयाँ मात्र नाफा कमाएको कम्पनीले यो वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो, जुन १६.३८ गुणा वृद्धि हो।

यही अवधि अवधिमा कम्पनीको कुल नाफा पनि २१५.०७ प्रतिशतले उक्लँदै ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

वित्तीय संरचना हेर्दा, शिवम सिमेन्टको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ अर्ब ३ करोड २ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा १४.३५ रुपैयाँले बढ्दै १५.३७ रुपैयाँ मा पुगेको छ। यता, प्रतिसेयर नेटवर्थ (Net Worth per Share) भने १९२.१८ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *