Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

सर्वोत्तम सिमेन्टले लाभांशसहित सातौँ सभा तय, शेयरधनी उत्साहित

सर्वोत्तम सिमेन्टले लाभांशसहित सातौँ सभा तय, शेयरधनी उत्साहित

काठमाडाैं, ३ मंसिर । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्तावसहित मंसिर २६ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा भैरहवाको होटल सिद्धार्थ भिलासा, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका साथै १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। लाभांश संयोजनले शेयरधनीहरूमा सकारात्मक माहोल बनेको छ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका नियमित प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *