‘लघुवित्तको नाफामा चमत्कार’: पहिलो त्रैमासमा २.६ गुणा वृद्धि
काठमाडाैं, ५ मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त कम्पनीहरुको वित्तीय स्वास्थ्य उत्साहजनक बनेको छ। ५० लघुवित्त कम्पनीहरुले आफ्नो नाफा २.६१ गुणा अर्थात १६१.४० प्रतिशतले वृद्धि गर्दै २ अर्ब ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्षको सोही अवधिमा उनीहरुको औसत नाफा ७९ करोड ६ लाख रुपैयाँमा सिमित थियो।
गत वर्षको पहिलो त्रैमासमा डेढ दर्जन बढी लघुवित्त कम्पनी घाटामा थिए। तर, चालु वर्षमा केवल ४ कम्पनी मात्रै नोक्सानीमा देखिएका छन्।
मुख्य कारण र वित्तीय विवरण:
-
लघुवित्तको खुद ब्याज आम्दानी २५.२७ प्रतिशतले वृद्धि भएको छ।
-
बैंकको आधारदर घट्दा सस्तोमा ऋण लिन पाएका लघुवित्त कम्पनीले थोरै मार्जिनमै पनि नाफा वृद्धि गरेका छन्।
-
केही ऋणीले ब्याज भुक्तानी सुरु गरेकोले पनि वित्तीय स्थिति सुधार भएको छ।
-
पुनर्संरचना प्रक्रियाका कारण केही खराब कर्जा अझै बढेको छ।
शीर्षस्थ कम्पनीहरु (खुद नाफा आधारमा):
-
छिमेक लघुवित्त: २६ करोड ९० लाख (गत वर्षको तुलनामा १३.२७% वृद्धि)
-
साना किसान लघुवित्त: २२ करोड ८४ लाख
-
डिप्रोक्स लघुवित्त: २० करोड २२ लाख
-
जीवन विकास लघुवित्त: १४ करोड ५८ लाख
-
नेशनल लघुवित्त: १४ करोड ४२ लाख
-
निर्धन उत्थान: १२ करोड ६१ लाख
-
ग्रामीण विकास लघुवित्त: १२ करोड २० लाख
वृद्धिदरका आधारमा शीर्ष सूची: एनआइसी एशिया, महुली, गणपति, सपोर्ट, नेष्डा समृद्धि, युनिक नेपाल, उन्नती सहकार्य, लक्ष्मी लघुवित्त, एनएमबि, ग्लोबल आइएमई, हिमालयन लघुवित्त।
यद्यपि, मातृभूमि, सिर्जनशील, सीवाइसी नेपाल र मेरो माइक्रोफाइनान्स पहिलो त्रैमासमा नोक्सानीमा रहेका छन्। गत वर्षको तुलनामा आठ वटाको नाफामा गिरावट आएको छ।



