नाइजेरियामा सुरक्षा कारणले ४१ सरकारी विद्यालय अस्थायी बन्द
काठमाडाैं, ७ मंसिर । नाइजेरियाली सरकारले देशभर कम्तिमा ४१ सरकारी माध्यमिक विद्यालय अस्थायी रूपमा बन्द गर्ने आदेश दिएको छ। यो निर्णय हालै भएका विद्यार्थी अपहरण घटनासँग सम्बन्धित सुरक्षा चुनौती का कारण गरिएको हो।
शिक्षा मन्त्रालयको शुक्रबार साँझको विज्ञप्ति अनुसार, प्रभावित विद्यालयका प्रधानाध्यापकहरूले आदेशको कडाइका साथ पालना सुनिश्चित गर्नुपर्नेछ। निर्णयले सुरक्षा उल्लंघन रोक्ने उद्देश्य राखेको जनाएको छ।
गत शुक्रबार मात्र नाइजेरियाको नाइजर राज्यमा एक विद्यालयमा आक्रमण हुँदा कम्तिमा २१५ विद्यार्थी र १२ शिक्षक अपहरणमा परेका थिए, क्रिश्चियन एसोसिएसन अफ नाइजेरियाले जनाएको छ।
यसअघि सोही साता केबीबी राज्यको एक सरकारी विद्यालयबाट २५ जना छात्राहरू अपहरण भएका घटनासमेत रिपोर्ट भएका थिए।



