Date

सोम, मंसिर ८, २०८२
Mon, November 24, 2025

एनपिएल: विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दियाे

एनपिएल: विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दियाे

काठमाडाैं, ८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले आजको खेलमा जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ।

विराटनगर किङ्सले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो। यस क्रममा टोलीका ब्याट्सम्यानहरूले सन्तुलित प्रदर्शन गर्दै टिमलाई सम्मानजनक स्कोर दिलाएका थिए।

अब जनकपुर बोल्ट्सलाई विजयका लागि १३६ रन आवश्यक पर्ने भएको छ, र खेल रोमाञ्चक मोडमा प्रवेश गरेको छ।

एनपीएलको यो संस्करणमा विराटनगर किङ्सले लगातार दोस्रो जित खोज्ने प्रयासमा छ भने बोल्ट्सले आफ्नो पहिलो जितको खोजी गरिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *