फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भिड
काठमाडौं, ७ असोज । गत बिहिबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फर्निचर तथा फर्निसिङ एक्स्पो ’फर्नेक्स २०१८’ मा अवलोकनकर्ताको भिड लागेको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले छुटमा सामान उपलब्ध गराई रहेका छन् । जसका कारण एक्स्पोमा अवलोकनकर्ताको संख्या बाक्लो भएको हो ।
जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजना भैरहेको एक्स्पोमा सामान किन्नेहरुको पनि उत्तिकै भिड लागेको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा सञ्चालित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरिरहेको छ ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागि भएको एक्स्पोको तीन दिनसम्ममा ३० हजार बढीले अवलोकन गरेका छन् । ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनीमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण भैरहेका छन् ।
एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण बनेको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भिड लागेको एक्स्पोका संयोजक सुभेन्द्र जोशीले बताए ।
किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण बनेका छन् । यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका उत्पादनमा अवलोकनकर्ताको भिड देखिएको छ । एकै छाना मुनी आफुलाई आवश्यक सबै उत्पादन खाज्नेहरुका कारण पनि एक्स्पोमा अवलोकनार्तको भिड देखिएको हो ।
प्रदर्शनीमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराइदै आएको छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेन र डिलाइट रहेका छन् । एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।
एक्स्पो आगामी सोमबारसम्म चल्ने छ । उक्त अवधिसम्ममा ५० हजार बढी अवलोकनकर्ता एक्स्पोस्थलमा पुग्ने आँकलन छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।