आइएमईको ‘दशैंमाबिस लाख’ योजना सार्वजनिक
काठमाडौं ७ असोज । आइएमई इन्टरनेशनल मनि ट्रान्सफरले आफ्ना स्वदेशी तथा विदेशी सेवाग्राहीहरुका लागि दशैं, दीपावली र छठलाई लक्षित गर्दै ‘दशैंमाबिस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना असोज ७ गते देखि शुरु भई मंसिर मसान्तसम्म लागु हुनेछ ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरु मध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत १हजार रुपैयाँको बिलभुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाखनगद प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका ८ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेपमट्यान्स सेवा दिदै आएको छ।