मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाबाट के-के परिमार्जन भयो ?
काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंककले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको समीक्षा गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै मौद्रिक उपकरणमध्ये ब्याजदर करिडोड र र नीतिगतदरको सीमा घटाएको छ । जसअनुसार मौद्रिक उपकरणमध्ये ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ ।
नीतिगत दरलाई ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ । तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई यथावत राखिएको छ ।



