Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

भाटभटेनीको मुख्य गोदाम पुनः सञ्चालनमा

भाटभटेनीको मुख्य गोदाम पुनः सञ्चालनमा

काठमाडौं, १८ मंसिर । जेनजी आन्दोलनका बेला आगजनी भई पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको मुख्य गोदाम (वेयर हाउस) ३ महीनामै पुनः सञ्चालनमा आएको छ । बालुवाटारस्थित पूर्णरूपमा क्षति भएको उक्त मुख्य गोदाम आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) जलाइएको थियो ।
पुन : निर्माणपछि मुख्य गोदाम बिहीबार उद्घाटन गरिएको हो ।
भाटभटेनीको मुख्य गोदामबाट भाटभटेनीका २७ ओटा स्टोरमा सामान आपूर्ति हुन्छ ।

आगलागीबाट पूर्णरूपमा क्षति भएको उक्त गोदाम भत्काएर नयाँ बनाइएको हो । ३ महीनाको अवधिमा काम सम्पन्न गर्न विभिन्न तहमा गरेर ८०० देखि १ हजारसम्म श्रमिक तथा कामदारले काम गरेका थिए । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले वास्तु पूजापछि पुनः निर्माणमा संलग्न मजदुरहरुलाई टीका लगाई दक्षिणा दिएका थिए ।

भाटभटेनीका ती अधिकारीका अनुसार आगजनी तथा तोडफोड भएकामध्ये थप ३ वटा स्टोर माघ र फागुन महिनासम्ममा सञ्चालनमा आउनेछन् ।

काठमाडौंस्थित कोटेश्वर, बौद्ध र महाराजगञ्जमा रहेका भाटभटेनी स्टोर उक्त अवधिसम्ममा सञ्चालन हुने ती अधिकारीले जानकारी दिए । सुपरमार्केटको ठूलो नेटवर्क भएको भाटभटेनीको मुख्य गोदाम नै बन्द हुँदा अन्य स्टोरमा सामान वितरणमा समस्या भएको भन्दै उनले अहिले गोदाम तयार भए पनि सामान आपूर्तिमा सहजता आउने बताए ।

आन्दोलनका क्रममा भाटभटेनीका १२ ओटा स्टोर पूर्णरूपमा क्षति भएका थिए । काठमाडौं उपत्यकाका नक्साल, महाराजगञ्ज, कोटेश्वर, बौद्धको स्टोर पूर्ण रूपमा जलेका थिए । त्यसबाहेक पोखरा, धरान, भरतपुर, बुटवल, विराटनगर, बिर्तामोड, हेटौंडा र दमकमा रहेका भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा जलेका थिए । यीमध्ये भाटभटेनीले काठमाडौंका थप उल्लेखीत सुपरमार्केट सञ्चालनलाई प्राथमिकतामा राखेको छ । अन्य काठमाडौं बाहिरका सुपरमार्केट पनि छिटै सञ्चालनमा ल्याइने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *