Date

शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

नेपालका पुरातात्विक सम्पदासँग कोरियाको संस्कृति जोडिन पाउँदा खुसी : राजदुत पार्क

नेपालका पुरातात्विक सम्पदासँग कोरियाको संस्कृति जोडिन पाउँदा खुसी : राजदुत पार्क

ललितपुर १९, मंसिर । नेपाल हस्तकला महासंघको आयोजनामा ललितपुर दरवार स्क्वारयमा संचालित ‘कला तथा संस्कृति महोत्सव–२०८२’ को तेस्रो दिन शुक्रबार मखौटा प्रर्दशनी गरिएका छन् । प्रदर्शनीमा नेपाल र दक्षिण कोरियका विभिन्न ऐतिहाँसिक तथा सांस्कृति महत्व झल्किने मुखौटा प्रदर्शनमा राखिएका छन् ।

मुखौटा प्रदर्शनपछि आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङले नेपालका पुरातात्विक सम्पदासँग कोरियाको संस्कृति पनि जोड्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपािलकाकी उपमेयर मञ्जली शाक्य वज्राचार्यले नेपालमा रहेका धर्म र संस्कृतिसँग जोडिएका मास्कहरुको प्रदर्शनले कोरियासँगको सम्बन्ध सृदृढ हुनुको साथै विश्व बजारमा मास्कको परिचय पुग्नमा टेवा पुग्ने बताइन् ।

कार्यक्रममा कोरियाको इन्टरनेशनल मास्क आर्ट एण्ड कल्चर अर्गनाइजेजनका महासचिव वू हिउक चोईले यस्ता सांस्कृति महोत्वसवले दुई देशको संस्कृति संरक्षण र प्रचार प्रसारमा मद्धत पुग्ने बताए ।

आयोजक नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले दुई देशका धर्म संस्कृतिलाई एक अर्कामा परिचित गराउन मखौटा प्रदर्शनी सहयोगी बन्ने भन्दै आगामी दिनमा दुई देशको कला, संस्कृति र सम्पदालाई संरक्षण र प्रवद्र्धन गर्न अझै धेरै काम गर्नुपर्नेमा जोड दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यले मुखौटा प्रर्दशनीले दुई देशको आत्मियता बढाउनुको साथै कला र सम्पदाको परिचय समेत गराएको बताए ।

शुक्रबार प्रदर्शनी गरिएका एक सय मुखौटामध्य नेपालका ६० ओटा र दक्षिण कोरियाका ४० ओटा रहेका छन् । दुई देशको कला संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ र कोरियाको इन्टरनेशनल मास्क आर्ट एण्ड कल्चर अर्गनाइजेजनबीच समझदारी समेत भएको छ ।

पाँच दिने महोत्सव अवधिभर पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी गरिएका छन् । त्यसका साथै महोत्सवमा ललितपुर–१६ को हस्तकला प्रवद्र्धन समितिबाट बुद्ध धर्म अनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोशाक प्रदर्शनी हुने छ भने सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य तथा नेवारी धाः बाजा, दमोखिँ बाजा र नेपाल भाषाका लोकगीत प्रस्तुत गरिने कार्यक्रम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *