राजधानीमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलो रङ थपिँदै
काठमाडौ, २६ मंसिर । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाडौंमा मोक्सी काठमाडौँको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ।
परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाडौँको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरोआध्यात्मिक शान्तिको संयोजनका कारण यो शहर मोक्सीकालागि उपयुक्त थलो बनेको छ।
नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ र साहसिक अध्यायको सुरुवात गरेको मोक्सी काठमाडौँ राजधानीको सबैभन्दा चलायमान व्यवसायिक र मनोरञ्जनको थलो दरबारमार्गमा अवस्थित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा भएकाले आधुनिक यात्रुहरूको लागि यो उत्कृष्ट प्रारम्भिक गन्तव्य बन्न पुगेको छ। यहाँ बस्ने अतिथिहरू यूनेस्को सूचीमा समावेश दरबार स्क्वायर, आध्यात्मिक शान्तिको प्रतीकको रूपमा रहेको स्वयम्भूनाथ स्तुप (मंकी टेम्पल) र कला, संगीत, खाना तथा फेसनको अनौठो समिश्रणका लागि प्रसिद्ध ठमेलका चहलपहलयुक्त बजारहरूमा सहजै पुग्न सक्छन्।
मोक्सी काठमाडौँले अतिथिलाई आर्ट ग्यालरीदेखि इन्डी क्याफे र रूफटप लाउञ्जदेखि लाइभ म्युजिक भेन्युहरूसम्म, शहरको विकसित हुँदै गएको आधुनिक परिवेशसँग अझ नजिक ल्याउँछ। शताब्दीऔँ पुराना मन्दिरहरूको भ्रमण होस्, नजिकैका ट्रेलहरूमा हाइकिङ होस्, वा काठमाडौँको चलायमान नाइट लाइफमा डुबुल्की मार्न होस्, शहरलाई जिज्ञासा र स्टाइलका साथ अनुभव गर्न चाहनेहरूका लागि यो होटल उपयुक्त आधारबिन्दु बन्न पुगेको छ।



