Date

शनि, मंसिर २७, २०८२
Sat, December 13, 2025

बुटवलमा यामाहा नेपालकाे ‘नयाँ ब्लु स्क्वायर’ शोरूम उद्घाटन

बुटवलमा यामाहा नेपालकाे ‘नयाँ ब्लु स्क्वायर’ शोरूम उद्घाटन

काठमाडौं, २७ मंसिर । बाइकर्ज बुटवल प्रा.लि.काे संचालन रहने गरी यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको शुभारम्भ गरेको छ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन भएकाे र यसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउने संचालककाे भनाइर्का छ ।

नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको आयोजकले बताएको छ । यसमा ब्रान्डको सम्पूर्ण थ्री एस पूर्वाधार, सेल्स,सर्भिस र स्पेयर पार्ट्सको सुविधा रहेको छ । जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ। तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पार्ट्सको लागि डेडीकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिसप्रदान गर्दछ। ब्लुूले यामाहाको प्रतिष्ठित ब्रान्डकलरलाई प्रतिनिधित्व गर्नुकाे साथै ब्लुस्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन्।

यो आकर्षक वातावरणले ग्राहकहरुलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टि प्रतिको समर्पणलाई पनि झल्काउँछ।

उद्घाटन कार्यक्रममा बोल्दै, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्व माथि प्रकाश पार्दै भने, ‘ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासनर बलियो रेसिङको भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो।यहाँका तालिम प्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन्। बिक्रि र सेवा मात्र होइन, ब्लुस्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवन शैली पनि देखाउन्छ। यसले बाइक, स्कूटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्काउँछ ।’

यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.का निर्देशक हिरोशी सेतोगवाले बाइकर्ज बुटवल टिमलाई सफल शुभारम्भको लागि बधाई दिँदै ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धतामाथि जोड दिए । उनले भने, ‘यामाहामा ग्राहक सन्तुष्टि सधै हाम्रो पहिलो प्राथमिकता हो, हामी विश्वस्थ छौ कि बाइकर्ज बुटवलले यस क्षेत्रमा यामाहा ग्राहकहरूलाई उत्कृष्ट सेवा र प्रिमियम अनुभवहरू प्रदान गर्न नयाँ स्तर कायम गर्नेछ। हामीलाई विश्वास छ यो ब्लुस्क्वायर शोरूमले यामाहाको विश्वस्तरीय मापदण्डलाई कायम राख्नेछ र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यामाहा र एमएडब्लु दुवैले पूर्ण सहयोग जारी राख्नेछन्।’

उपस्थित बिशिष्ठ अतिथिहरुले पनि ग्राहक सन्तुष्टि बढाउन, ब्रान्ड पहिचानलाई बलियो बनाउन, र नेपालमा विश्वस्तरको सेवा प्रदान गर्न यामाहाले निरन्तर गर्दै आएका प्रयासहरूको कदर गरे। ब्लुस्क्वायरको अवधारणा एउटा रिटेल स्पेस मात्र होइन ( यसले यामाहाको जीवन शैलीलाई झल्काउँछ, जुनपर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूकोआकांक्षासँग मेल खान्छ।

एमएडब्लु राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल देशभर नवप्रर्वधन, प्रिमियम अनुभव र भरपर्दो सेवाको विश्वस्तरिय मापदण्डलाई निरन्तर अघि बढाउन प्रतिबद्ध छ। बुटवल ब्लु स्क्वायर शोरूमको उद्घाटन नेपालमा मोविलिटी र राइडिङको रोमाञ्चलाई नयाँ तरिकाले परिभाषित गर्ने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदम बनेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *