Date

बुध, पुस २, २०८२
Wed, December 17, 2025

नेपालमा लगानीको बृहत् अवसर : सिइओ ज्ञवाली

नेपालमा लगानीको बृहत् अवसर : सिइओ ज्ञवाली

काठमाडौं, २ पुष । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत् अवसर रहेको बताएका छन्।

नेपाल–चीन लगानीसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिकलगायतका क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजारका हिसाबले नेपाल दक्षिण एसियाको गेटवे बन्न सक्ने धारणा राखे । नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकर्तालाई उनले आग्रह गरे ।

चाइनिज जनरल एसोसियसन अफ इन्डस्ट्रिज एन्ड कमर्स इन नेपाल र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो ।

लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जना गर्न र दीर्घकालीन साझेदारी निर्माणका लागि पनि चिनियाँ लगानीले सहयोग पुग्ने विचार व्यक्त गरे थियो । वैदेशिक लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र, परियोजना प्रस्तावको द्रुत स्वीकृति, संस्थागत सुदृढीकरण, नीतिगत सुधारलगायतलाई विशेष जोड दिएको उनले स्पष्ट पारे ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाललाई भरपर्दो, प्रतिस्पर्धी र नवप्रवर्तनमा आधारित लगानी गन्तव्यका रूपमा स्थापित गर्नका लागि लगानी बोर्डले काम गरिरहेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *