मुद्दती निक्षेपको व्याजदरमा एकरुपता कायम गर्ने प्रयास, वाणिज्य बैंकहरुबीच भद्र सहमति
काठमाडौं, २६ असोज । वाणिज्य बैंकहरुले आजबाट लागू हुने गरी मुद्दती निक्षेपको व्याजदर घटाएका छन् ।
२८ वटा वाणिज्य बैंकहरुबीच भएको भद्र सहमति अनुसार बैंकहरुले संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म र व्यक्तिगतमा १० प्रतिशतसम्म व्याजदर कायम गरेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । बचत निक्षेपमा पनि ७ प्रतिशत व्याज दिने सहमति पनि भएको छ । बिहिबार बसेको बैठकमा सबै वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतले मुद्दती निक्षेपको व्याजदर घटाउने र शुक्रबारदेखि नै लागु गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर पनि गरेका छन् ।
राष्ट्र बैंकको नियम अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन् भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन् ।
लगानीयोग्य रकम अभावपछि निक्षेपको व्याजदरमा हुनसक्ने उतारचढावलाई कढाउ गर्न यो भद्र सहमति गरिएको बताइएको छ । तरलता अभाव देखिन थालेका कारण केहि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर ११ प्रतिशत भन्दा बढि पु¥याइसकेका थिए । मुद्दती निक्षेपको व्याजदरमा एकरुपता ल्याउनका लागि यो सहमति गरिएको ढुङ्गानाले बताए ।