बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय, निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई
काठमाडौं, ८ मंसिर । सरकारले बुढीगण्डकी जलासययुक्त आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको छ । चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको सरकारले आज सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजीमै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाले बताए ।
सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै गत कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो ।