Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

जोशी हाइड्रोपावरले मंसिर १६ बाट शेयर निष्काशन गर्ने

काठमाडौं, ५ मंसीर । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।
सबैभन्दा खराब रेटिङ पाएको यो कम्पनीका स्थानीयलाई वितरण गर्दा नबिकेको शेयर समेत यसमा समावेश गरिएको छ ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ५० हजार ७१४ कित्ता शेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ। त्यस्तै ८४ हजार ५२३ कित्ता शेयर सामुहिक लगानीकोषको लागि बाँडफाँड गरिसकेको छ। र बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।ी
आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्मको लागि छिटोमा मंसिर १९ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १६ गतेसम्म आवेदन दिन पाउने छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
तीन मेगावाट क्षमताको यस आयोजनाको जम्मा लागत ५५ करोड ३५ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्कासन पश्चातको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ पुग्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *