सेयर बजारमा १ अंकको बृद्धि , २६ करोडको कारोबार
काठमाडौं, ५ मंसिर । बुद्यबार सेयर बजार झिनो अंकले बढेको छ । निकै उत्तार चढावका बीच अन्तमा बजार एक अंकले बढेर ११ सय ८२ दशमलव ७४ बिन्दुमा बन्द भयो ।
बुद्यबार होटल, उर्जा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहको परिसूचक घट्यो भने बैंक, विकास बैंक, फाइनान्स, जिवन बीमा र अन्य समूहको परिसूचक बढ्यो ।
एक सय ५१ कम्पनीको २६ करोड रुपैयाँ बरबरको सेयर किनबेच भएकोमा नविल बैंकको प्रमोटर सेयर सबैभन्दा धेरै कारोबार भएको छ । त्यस्तै सांग्रिला डेभलप्मेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने एभरेष्ट इनस्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।